प्रभु महालक्ष्मीको नाफा १२ करोड, यस्ता छन् वित्तीय सूचक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आवको तुलनामा २५.७० प्रतिशतले नाफा बढाएको छ । 

समीक्षा अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड रुपियाँ थियो । 

Advertisement

त्यस्तै, असोज मसान्तसम्म कम्पनीले १ अर्ब १७ करोड २९ लाख रुपियाँ  खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवमा १ अर्ब १२ करोड ५८ लाख रुपियाँ थियो । 

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपियाँबाट बढेर १ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । गत आवमा यस्तो खर्च १ अर्ब ३१ करोड रुपियाँ थियो । 

४ अर्ब ७२ करोड ५६ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपियाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि १०.६९ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ ११९.३४ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement