काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पन्सर भएको छ । आउँदो सेप्टेम्बर २५ बाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यस प्रयोगिताको टाइटल स्पन्सरका लागि सोमबार सम्झौता भएको हो ।
बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो कार्यव्रmम सञ्चालन हुनेछ । १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स, काठमाडौं किङ्ग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।
बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ का केही स्टार खेलाडीहरुमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज) सहभागी हुनेछन् ।
गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छाले हालैका वर्षहरुमा क्रिकेटमा पनि नेपाली युवाहरुको जोश बनेको बताउँदै नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरिएकोमा खुशी व्यक्त गरे ।
आफूहरुले सधैं नेपालमा खेलकुदलाई बढावा दिएको र वर्षौंदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएको बताउँदै उनले भनेका छन्, ‘यो एसोसिएसनले पक्कै पनि देश भरीबाट धेरै गुणस्तरीय खेलाडीहरुलाई जन्म दिनेछ, र हामीलाई आशा छ कि उनीहरु पनि राष्ट्रिय टोलीको लागी नयाँ खोजको रुपमा स्थापित हुनेछन् ।’
नेपालमा अत्यन्त लोकप्रिय रहेको यस लिगले युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतिभासँग खेल्ने अनुभव प्रदान गर्दछ ।