‘एमालेले जित्यो भने संघीयता खारेज हुन्छ’ भन्ने देउवाको अभिव्यक्तिले एमालकै भोट बढ्दैन र ?

Advertisement

काठमाडौं । पूर्वाधारविद् एवं राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले ‘एमालेले जित्यो भने संघीयता खारेज हुन्छ’ भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले नेकपा एमालेकै भोट बढ्ने विश्लेषण गरेका छन् । 

स्थानीय चुनावको मुखमा देउवाले ‘एमालेले जित्यो भने संघीयता खारेज हुन्छ’ भन्दै एमालेलाई भोट नदिन आग्रह गरेका थिए । पछिल्लो समय संघीयता र गणतन्त्रको विरुद्धमा जनमत बढ्दै गएको आधारमा आचार्यले त्यस्तो विश्लेषण गरेको देखिन्छ । 

Advertisement

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेस सभापति देउवाले ‘एमालेले जित्यो भने संघीयता खारेज हुन्छ’ भने भन्ने खबर। खबर सही हो भने यसले एमालेको भोट घटाउला कि बढाउला ? संघीयता बारेमा भित्रभित्रै उकुसमुकुस भएकाहरू कांग्रेसभित्रै पनि थोरै छैनन् है !

Advertisement

Advertisement