काठमाडौँ । स्थानीय निर्वाचन २०७९ अन्तर्गत शुक्रबार भएको मतदानमा देशभर ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विभिन्न सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै ६४ प्रतिशत मतदान भएको जानकारी दिएका छन् ।
जसअनुसार राजधानी काठमाडौंमा ५२ प्रतिशतमात्रै मतदान भएको छ । आयोगले ६५ देखि ७० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान गरे पनि लक्ष्यभन्दा कम मत खसेको हो । यस तथ्यांकबाट आफूहरु खुशी नरहेको थपलियाले प्रतिक्रिया दिएका छन् ।
धेरै ठाउँमा निर्वाचन प्रभावित भएपछि आयोगले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको तर्क गरेको छ । उनले राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको बताएका छन् ।