एलआईसी नेपालको बीमाशुल्क अब खल्तीबाट पनि भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीमार्फत एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । खल्तीका प्रयोगकर्तालाई डिजिटलरुपमा बीमा प्रिमियम भुक्तानी गर्न एलआईसी नेपालसँग सहकार्य सुरु गरिएको हो । 

खल्तीबाट अरु बीमा कम्पनीको पनि बीमा प्रिमियम बुझाउन सकिने सुविधा रहेकोमा एलआईसी नेपाल पनि थपिएको हो । अब एलआईसीका बीमितले प्रिमियम भुक्तानीलाई अझ सरल र सहजरुपमा बुझाउन सक्ने भएका छन् । 

Advertisement

प्रिमियम तिर्नका लागि प्रयोगकर्ताले एलआईसी नेपालको वेबसाइटमा गई भुक्तानी विधिका रूपमा ‘खल्ती’ प्रयोग गरी आफ्नो भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्।

‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्काले आफूहरुको प्लेटफर्ममा एलआईसी नेपाल थप्नु बीमा शुल्क संकलनलाई सरल र प्रभावकारी बनाउन एउटा प्रमुख उपलब्धि भएको बताए । उनले यस सहकार्यबाट प्रयोगकर्तालाई पूर्ण रुपमा फाइदा हुने बताए । 

रु. ५००० माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ता साथमा ५० हजारभन्दा बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। 

Advertisement

Advertisement