अमेरिकी चासो बढेपछि नेपाल आएका चिनियाँ कम्युनिष्ट नेताले प्रधानमन्त्री देउवालाई भेटे

Advertisement

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । आजै आएका उनले देउवालाई सुरुमै भेटेका हुन् । 

नेपालमा अमेरिकी चासो बढिरहेको बेला चिनियाँ कम्युनिष्ट  पार्टीका उच्च नेताको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । उनले केही दिनअघि नेपालका परराष्ट्रमन्त्री नारायण खड्का, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल माध्यमबाट पनि कुराकानी गरेका थिए । चार दिने भ्रमणका लागि आएका जियानचाओले देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटेका हुन् । 

Advertisement

आजै उनले परराष्ट्रमन्त्री खड्कासँग भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री खड्काले जियानचाओको सम्मानमा होटल मेरियटमा रात्रीभोज आयोजना गर्दैछन् ।  जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतलाई पनि भेट्ने कार्यक्रम छ । 

Advertisement

Advertisement