रसुवागढी हाइड्रोमा आईपीओ भर्ने म्याद थपियो

Advertisement

काठमाडौँ । ​​​​रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएको छ। असार १३ गतेबाट यसको आईपीओ निष्काशन तथा बिक्री खुला भएको थियो। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सो आईपीओ अब साउन १० गतेसम्म आवेदन दिन सकिने भएको हो।

कम्पनीले स्थानिय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गरेको छ। यो सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्ने छन्। 

Advertisement

निष्काशन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५:१.५:१ अनुपातमा बाँडफाँट हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड छन्। यो आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन पाइन्छ। 

Advertisement

Advertisement