साउन ४ गतेबाट श्वेतगंगाको आईपीओ खुल्ने

Advertisement

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशत २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिनेछ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीको आईपीओ साउन ८ गतेसम्म खुला रहने छ। तर मागअनुसार आवेदन नपरेमा ढिलोमा साउन १८ गतेसम्म थप हुने कम्पनीले जानकारी दिएको छ। 
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड हो। 

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको तल्लो  लिखु जलविद्युत आयोजना ( २८.१ मे.वा) निर्माण गर्नका लागि कूल खर्च ६ अर्ब ३६ करोड २० लाख रुपैयाँ अनुमान गरिएको छ भने प्रतिमेगावट लागत खर्च २२ करोड ६७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ सम्म कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ ८९ दशमलव ८८ रुपैयाँ छ । त्यस्तै यस अवधिसम्म प्रतिशेयर आम्दानी रू. ४ दशमलव ९२ ऋणात्मक रहेको छ भने संचित नोक्सानी ७ करोड ११ लाख रहेको छ । 

Advertisement

Advertisement