अब उद्योगी व्यवसायीहरुसँग एमालेले मासिक पाँच हजार उठाउने

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले उद्यमी, व्यवसायी तथा उच्च आय भएका पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ । एमालेले आइतबार जारी अन्तरपार्टी  निर्देशिका (अपानि–४) अनुसार पाँच हजार व्यक्तिसँग मासिक पाँच हजार संकलन गर्ने प्रस्ताव गरेको हो ।  

अपानिमा उल्लेख भएनुसार यो प्रस्ताव उद्यमी, व्यवसायी र उच्च आय भएका प्रोफेशनल पार्टी सदस्यद्वारा नियमित हरेक महिना पाँच हजारका दरले विशेष आर्थिक योगदान गर्ने प्रस्ताव हो । अपानिमा उल्लेख भएनुसार पार्टी एपमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अपानिमा उल्लेख छ । यो अभियानको नाम ‘पाँच हजारबाट पाँच हजार अभियान’ रहेको छ ।  

Advertisement

Advertisement

Advertisement