हिमालयन हाइड्रोको आईपीओ आज बाँडफाँट हुने, १० गुणा बढी आवेदन

Advertisement

काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहान साढे ८ बजे आफ्नै कार्यालयमा आईपीओे बाँडफाँट गर्न लागेको हो। शुक्रबार प्रि-अलोटमेन्ट सम्पन्न गरेको थियो। 

कम्पनीको आईपीओ खरीद गर्न १० गुणा बढी आवेदन परेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडकाअनुसार १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता सेयर खरीदको माग भएको हो । कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन्। यीमध्ये थप दुई जनाले एक–एक कित्ताका दरले सेयर पाउने छन्। 

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको कुल १९ लाख ६८ हजार २५० कित्ता सेयर वितरण गर्न लागेको हो। सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३९ हजार ३६५ कित्ता सेयर (२ प्रतिशत) कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ। बाँकी सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरको बाँडफाँट आज मंगलबार गर्न लागेको हो। कम्पनीले सर्वसाधारणमा असार १५ गतेदेखि असार १९ गतेसम्मसम्म सार्वजनिक निष्कासनमार्फत आईपीओ बिक्री गरेको थियो।

कम्पनीको अधिकृत पूँजी १ अर्ब ९८ करोड रुपैयाँ र जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ छ। हाल कम्पनीको संस्थापकतर्फ चुक्ता भएको पूँजी ८७ करोड छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित स्थानीयमा समेत ९ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ । सर्वसाधारणतर्फको आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख पुग्नेछ।

Advertisement

Advertisement