सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

Advertisement

काठमाडौं- सानिमा बैंक लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकका संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयरसर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो। 

यो संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीबाहेक इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम प्रतिसेयर मूल्य दुई सय रुपैयाँका दरले न्यूनतम २ लाख कित्ता सेयर खरीदका लागि सूचना प्रकाशित भएको १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नक्साल  काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।

Advertisement

बैंकले यसअघि जेठ २० गते बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो। यस अवधिमा कुनै पनि निवेदन प्राप्त नभएकोले बैंकले प्रचलित कानून बमोजिम पुनः विक्रीमा ल्याएको हो।

Advertisement

Advertisement