मर्जर प्रस्ताव स्वीकृत गर्न सूर्यालाइफले डाक्यो विशेष साधारणसभा

Advertisement

काठमाडौँ-  साउन १९ गते सूर्या लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा बस्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा बस्ने निर्णय गरेको हो । 

विशेष साधारणसभाले नियमकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

Advertisement

सभा प्रयोजनको लागि असार १३ गतेदेखि सेयर कारोबार रोक्का गरेको छ। यस आधारमा असार १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Advertisement

Advertisement