कृषि विकास बैंकका सीईओ भियतनाम जाँदै

Advertisement

काठमाडौं- कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय आज भियतनाम जाँदैछन् । बैंकको प्रतिनिधित्व गर्दै उनी भियनामतर्फ प्रस्थान गर्न लागेका हुन्।

नेपाल बैंकर्स संघ समेत रहेका अध्यक्ष उपाध्यायसहित बैंकका लुम्बिनी प्रदेश प्रमुख र साना तथा मझौला विभागीय प्रमुख समेत भियतनाम जान लागेका हुन्। एशिया प्यासिफिक रुरल एन्ड एग्रिकल्चर क्रेडिट एसोसिएसन (अप्रका)को एक्ज्युकेटिभ मिटिङ (कार्यकारीहरुको बैठक) मा सहभागी हुनेछन्। कृषि विकास बैंक अप्रकाको सदस्य संस्था हो।

Advertisement

सन् १९९४ मा स्थापना भएको अप्रकामा १६ देशका २९ संस्थाहरू सदस्य छन्। बैठकमा सबै संस्थाका कार्यकारी प्रमुखहरू सहभागी हुने कार्यक्रम छ।

Advertisement

Advertisement