कालोधन सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमणः पोखरेल, ‘हामी आएपछि हराएको पैसा निकाल्छौं’

Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको आक्रमण सुनियोजित रहेको बताएका छन् । बुधबार अनलाइन मिडियाका संम्पादकहरुसँगको अन्तरक्रियामा उनले कालो धनलाई सेतो बनाउन नपाएपछि सत्ता गठवन्धनले गभर्नरमाथि आक्रमण सुरु गरेको आरोप लगाए । 

पोखरेलले एमालेमा धेरै विभाग रहेको र धेरै मानिसहरु विभागमा रहेको भन्दै उनले एउटा विभागमा रहेको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको बताए । मालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारीको विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै उनले गभर्नरले मुलुकलाई आर्थिक संकटबाट जोगाउन खोजेको तर कालोधनवालाहरुले उनीमाथि आक्रमण सुरु गरेको बताए । 

Advertisement

गभर्नर महाप्रसाद अधिकारीले आफू एम अधिकारी नरहेको बताइसकेको र एमालेले पनि स्पष्ट पारिसकेको उल्लेख गर्दै पोखरेलले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’ कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको हो ।’

उनले अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेलाई प्रोत्साहन गर्नु भएको तर्क गरे । बैंकमा पैसा नहुने तर बजारमा पैसा नदेखिने अवस्था रहेको बताउँदै पोखरेलले नीतिगत सुधार हुनासाथै बजारमा हराएको पैसा आउने दावी गरे । उनले एमालेको सरकार आएपछि त्यस्तो सुधार हुने र हजारको पैसा र कालोधन निकाल्ने बताए । 

Advertisement

Advertisement