छानविन नसक्किएको भन्दै बजेट प्रकरणसम्वन्धी विशेष समितिको म्याद थप्न संसदलाई आग्रह

Advertisement

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराइएको र उक्त दिनको सीसीटीभी फुटेज पनि मेटाइएको बारे छानविन गर्न ससदले बनाएको विशेष छानविन समितिको म्याद थप गर्न सभामुखलाई आग्रह गरिएको छ । 

समितिको १० दिनको म्याद बिहीबार सक्किन लागेको र छानबिनका धकाम बाँकी नै रहेकाले आवश्यक समय थपका लागि सभामुखलाई आग्रह गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताएका छन् । 

Advertisement

उनका अनुसार छानबिनलाई निष्कर्षमा पुर्याउन आवश्यक समय थपका लागि भनेर दिन नतोकिएकन आग्रह गरिएको छ । विशेष समितिले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा, समाचार लेख्ने सम्वन्धित पत्रकार, बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० कर्मचारीहरु सचिवहरू मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजश्व व्यवस्थापन महाशाखाका उपसचिवहरू सरद निरौला र गोपाल खत्रीसँग सोधपुछ गरिसकेको छ । 

साथै, अर्यालले अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज प्राप्त गर्न नसकिएको मेटाइएको फुटेज रिकभरी हुने संभावनाका आधारमा नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा हार्डडिस्क पठाइएको बताए । 

समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।

Advertisement

Advertisement