‘विदेशी गुहारेर पालैपालो प्रधानमन्त्री हुनखोज्ने एस देउवा, पी दाहाल, आर राणालाई कारवाही होस्’

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले  विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री हुने र राज्य दोहन गर्न खोज्ने एस देउवा, पी दाहाल, आर राणालाई कारवाही गर्न माग गरेका छन् । 

बिहीबार संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु  राणा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हालै भारतको नयाँ दिल्ली पुगेर राजनीतिक भेटघाट घरेपछि नेपालमा पालैपालो शक्ति बाँडफाँट गर्ने सहमति भएको हल्ला चल्दै आएको छ । 

Advertisement

नेकपा एमालेको अर्थ समितिको सदस्यमा रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी भएकाले उनलाई कारवाही गर्नुपर्ने आवाज उठिरहेको बेला सोही कुरालाई जोडेर बस्नेतले एस (शेरबहादुर देउवा), पी (पुष्पकमल द) दाहाल, आर (आरजु) राणा देउवालाई  कारवाहीको कुरा उठाएका हुन् । 

साथै, उनले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दलहरु हेरफेर गराउने र सीसीटीभी फुटेल मेटाउने जे शर्मा (जनार्दन शर्मा)लाई पनि खोजी गरेर कारवाही गर्न माग गरे । बस्नेतले पेट्रोलियम पदार्थ महंगो बनाएर कालोबजारीलाई प्रोत्साहन गर्ने उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाली कांग्रेसका नेता डी बडु (दिलेन्द्रप्रसाद बडू), मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीहरुको भविश्यमाथि खेलवाड गर्ने एम यादव र डी पौडेल, प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी कार्कीहरुलाई पनि कारवाही गर्न माग गरे ।   

Advertisement

Advertisement