‘मुलुक आर्थिक संकटमा रहेको बेला शक्ति राष्ट्रको प्रतिस्पर्धाले अर्को संकट आउला जस्तो भयो’

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीवार राजधानी काठमाडौंमा बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकमा उनले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको बताए । 

लिङदेनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको बताए । प्रमुख राजनीतिक दलको लम्पसारवादका कारण देशमा अस्थिरता, भूराजनीतिक सन्तुलनको उत्पत्ति भएको उनले बताए । 

Advertisement

लिङदेनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको बताए । उनले भने, ‘सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ । विदेशी चलखेल र प्रभाव दिनदिनै बढिरहेको छ । विदेशीसामु प्रमुख दलहरुले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । भूराजनीतिक सन्तुलन गुमेको छ । नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिष्पर्धाको थलो बनेको छ । यस्तो परिस्थितिमा नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढ्दो छ । राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको छ । सत्तासीन दलहरु कानमा तेल हालेर बसेका छन् । कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितबाहेक अन्य केही छैन ।’

अध्यक्ष लिङदेनले नेपाल आर्थिक संकटमा रहेको भन्दै यस्ता बेला नेपालमाथि अर्को संकट आइलाग्नसक्ने खतरा बढेरहेको बताए । उनले सत्तासिन दलहरु कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अंक गणितमा व्यस्त रहेको बताए । 
 

Advertisement

Advertisement