सिंहदरबारको पर्खाल हामी भत्काउँछौंः रवि लामिछाने

Advertisement

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वसाधारण जनतालाई प्रवेश पास खोजेर प्रवेश गर्न नदिने सिंहदबारको अग्लो पर्खाल आफूहरुले भत्काउने बताएका छन् । 

पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले नेपालको शासन प्रणाली र न्याय प्रणालीमा आमुल परिवर्तनको खाँचो रहेको बताउँदै देश हित र जनताको लागि आफूहरुविरुद्ध सुरु भएको प्रचारलाई चिरेर अघि बढ्ने बताए । 

Advertisement

लामिछानेले आफूलाई राजनीति गर्न आउँदै म राजनीति फेर्न र जनताको अवस्था फेर्न र देशको भविश्य बदल्न आफू आएको बताए । ‘तपाईंहरु मत बदल्नुस हामी देश बदल्छौं’ भन्दै उनले आगामी दिनमा दिनमा पनि विगतमा जस्तै न्यायका लागि र यो देशको संभावना खोज्न राजनीतिमा आएको बताए । 

सिद्धान्तका लामा लामा हरफ लेख्ने फुर्सद छैन् भन्दै लामिछानेले जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि आफूले इमान्दारिताका साथ काम गर्ने बताए । उनले वृद्ध नेतालाई आफ्नै निवासमा बस्न सुझाव दिँदै आफू सुझाव दिन उनीहरुकै घरमा जाने बताए । लामिछानेले अहिलेको व्यवस्था बदल्न जनताले चाहे आफूहरु पनि त्यही पक्षमा रहने बताउँदै उनले पार्टीका नेता कार्यकर्ता पाल्न बनाइएको प्रदेश संरचनाको आलोचना गरे । उनले आफूहरुलाई सिंहदरबार पुर्याउन जनतालाई आग्रह गर्दै धुलो लागेका भ्रष्ट्राचारका फाइल आफूहरुले खोल्ने बताए । 

Advertisement

Advertisement