एउटै रुखमा तीन किशोरी रहस्यमय ढंगले झुण्डिएको अवस्थामा फेला

Advertisement

काठमाडौं । झापाको कचनकवल गाउँपालिकाको पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । 

पाठामारीको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना झुण्डिएको अवस्थामा भेटिएका हुन् । 

Advertisement

उनीहरु आइतबार बिहान मृत भेटिएका थिए । स्थानीयको खबरपछि घटनास्थलमा प्रहरी पुगेको थियो । चिया बगानका श्रमिक रहेका उनीहरु रहस्यमय तरिकाले झुण्डिएको अवस्थामा भेटिएका हुन । 

समाचारअनुसार शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका तीन किशोरीको किन झुण्डिए ? भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Advertisement

Advertisement