कोष र राष्ट्रिय बाणिज्य बैंकबीच लघुवित्त तथा विपन्न कर्जा सुरक्षण गर्ने सम्झौता

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय बाणिज्य बैंकबीच लघुवित्त तथा विपन्न कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका सीईओ रमेश घिमिरे र बैंकका सीईओ किरण श्रेष्ठले बुधबार सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकको लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामुहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २० लाख रुपियाँसम्म, वैदेशिक रोजगारीबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामुहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्धारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जाको कोषले सुरक्षण गर्नेछ ।  

Advertisement

यस प्रकार सुरक्षण हुने कर्जामध्ये कृषि कर्जातर्फ सुरक्षण शुल्क बार्षिक ०.६ प्रतिशत र लघुवित्त तथा विपन्न कर्जातर्फ सुरक्षण शुल्क बार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत सरकारले अनुदानवापत व्यहोर्ने र बाँकी ५० प्रतिशत दुई किस्तामा बैंकले कोषलाई बुझाउने छ । 

Advertisement

Advertisement