गठवन्धन र एमालेका उम्मेदवारलाई निकै पछि पार्दै स्वर्णिमको अग्रता (अपडेट)

Advertisement

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले निकै फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।

जारी मतगणनाको पछिल्लो विवरणअनुसार १३ हजार ६५ मत गन्दा वाग्लेले सात हजार १९३ मत पाएका छन् भने सत्ता गठवन्धनका साझ उम्मेद्वारसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले तीन हजार २३४ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले दुई हजार १३४ मत पाएका छन् ।

Advertisement

यस निर्वाचन क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको हो । उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन् ।

Advertisement

Advertisement