मन्त्रिपरिषदले शिक्षा ऐनको नक्कली मस्यौता पास भएछ, अब सक्कली पास गर्छौं: दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्बाट शिक्षा ऐनसम्वन्धी मस्यौदा पारित गर्ने क्रममा नक्कली पाए भएको बताउँदै अब सच्याउन लागेको बताएका छन् । 

सरकारले एक साताअघि पास गरेको शिक्षा विधेयकमा निजी विद्यालयलाई नाफामूलक बन्न नदिन गुठीमा परिणत गर्ने व्यवस्था राखिएसँगै निजी विद्यालय सञ्चालकहरु आन्दोलित भएको बेला दाहालले आज मन्त्रिपरिषदबाट नक्कली मस्यौदा पास भएको तर्क गरेका हुन् । 

Advertisement

शुक्रवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषद्मा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्न तयारी गरिरहेको बताए । दाहालले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौति सामना गर्न सरकार लागिपरेको बताए । 

उनले नयाँ संकल्पसहित नयाँ प्रतिवद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताए । दाहालले भने, ‘शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो । त्यसलाई अन्तिम रुप दिइँदै छ । मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेशन आएको देखेपछि । त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया शुरु भएको छ ।’

प्रधानमन्त्री दाहालले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको दावी गरे । 

Advertisement

Advertisement