वाणिज्य बैंकहरुको सीडी रेसियो घट्दै ७८ प्रतिशत पुग्यो, प्राइमको बढी, राबा बैंकको कम

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७८.४७ प्रतिशत देखिएको छ । बाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८०–८१ को वित्तीय विवरणअनुसार सीडी रेसियो घटेको देखिएको हो । 

हाल नेपालमा २० बाणिज्य बैंक छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले सीडी रेसियो अधिक्तम् ९० प्रतिशतसम्म हुनेगरि कर्जा प्रवाह गर्न पाउँछन् । तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले कर्जाको माग बढेको छैन् । त्यसले गर्दा सीडी रेसियो भने धेरै नै कम छ । 

Advertisement

यसले बैंकहरु कर्जा प्रवाह गर्न सहज अवस्थामा रहेको देखाएको छ । अहिले बैंकहरुमा झण्डै आठ खर्ब रुपियाँ हारहारीमा ऋण लगानीयोग्य पुँजी छ ।

२०८० असार मसान्तसम्म बैंकहरुको सीडी रेसियो ८१.७० प्रतिशत थियो । गत आवमा त्यो झन् कम भएको तथ्यांक पुष्टी गरेको छ । 

समीक्षा बर्षमा राष्ट्रिय बाणिज्य बैंकको सीडी रेसियो सबैभन्दा कम देखिएको छ । उक्त बैंकको सीडी रेसियो ६०.८२ रहेको तथ्यांकमा उल्लेख छ । कम सीडी रेसियो हुनेमा दोस्रो स्थामा नेपाल बैंक छ । उक्त बैंकको सीडी रेसियो ७२.९९ प्रतिशत रहेको छ । कम सीडी रेसियो हुने मामिलामा नेपाल एसबिआई बैंक तेस्रो स्थानमा छ । उक्त बैंकको सीडी रेसियो ७४.३५ प्रतिशत छ । 

अन्य बैंकको तुलनामा यी बैंकहरुलाई कर्जा प्रवाह गर्न सहज हुनेछ । साथै, यिनीहरुलाई कर्जा प्रवाह बढाउन दबाब पनि सिर्जना भएको छ ।  

समीक्षा अवधीमा प्राइम कर्मर्सिलय बैंकको सीडी रेसियो सबैभन्दा धेरै देखिएको छ । उक्त बैंकको सीडी रेसियो ८६.२ प्रतिशत छ । धैरे सीडी रेसियो हुनेमा दोस्रो नम्बरमा एनएमबी बैंक छ । उक्त बैंकको यस्तो अनुपात ८३.९१ प्रतिशत छ । तेस्रो स्थानमा रहेको नविल बैंकको सीडी रेसियो भने ८३.६ प्रतिशत छ । अन्य बैंकको तुलनामा यी बैंकहरुले कर्जा प्रवाहमा केही कन्ट्रोल गर्नुपर्ने हुन सक्छ । तर, कर्जाको माग नहुँदा त्यस्तो अवस्था नआउने बैंकहरु बताउँछन् ।

undefined

Advertisement