ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले खुलाएको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि साँझ बैंकिङ अवधिसम्म आवेदन पाइनेछ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।

Advertisement

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। यस फन्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा छिटोमा असार २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर पर्याप्त आवेदन नपरेका कारण क्यापिटलले समय थप गरेको थियो। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

Advertisement

Advertisement