पिपुल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने ६ लाख ३२ हजार ६०० कित्ता शेयर असार ८ गतेदेखि  निष्कासन गरेको हो।

जसमध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गर्नेछ।

Advertisement

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा आवेदकले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलामशाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइमकमर्सियल बैंकको राँके, मंगलबारे, वितौले, तीन घरे र इलाम शाखा कार्यालयबाट आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।

Advertisement

Advertisement