कविता सुनाउँदै भीम रावलले नागरिकता विधेयकको विरोध गर्न थालेपछि गृहमन्त्रीमा छटपटी

Advertisement

काठमाडौँ । नेकपा एमाले सांसद भीम रावलले कवितामा विवादास्पद नागरिकता विधेयकको विरोध गरेका छन् । शुक्रबार संसदमा उक्त विधेयकमाथिको छलफलमा उनले कविता सुनाएका थिए । रावलले कवितामार्फत नागरिकता विधेयकको विरोध गर्दैगर्दा गृहमन्त्री बालकृष्ण खाँडमा छटपटी देखिन्थ्यो । 

नेता रावलले नागरिकतामा सरकारले छल गरेको भन्दै सरकारले सम्बन्धित समितिमा नपठाइ विधेयक पारित गर्न खोज्नु छल भएको बताए । यसअघि लामो समय छलफल भई संसदीय समितिले सहमतिमा पास गरेको विधेयकलाई सरकारले फिर्ता लिएर विवादास्पद ढंगले अर्को विधेयक प्रस्तुत गरेपछि अहिले चर्को विरोध भइरहेको छ । 

Advertisement

छलफलमा रावलले भने, ‘यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो संवदेशनशील विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो र निरंकुशता हो ।’ 

उनले संसारमा कहीं पनि नागरिकता खुकुलो नहुने संविधान निर्माणको समयमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयावधि ५ वा ७ वर्ष नेपालमा निरन्तर रूपमा बसोबास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमतिविपरीत राज्य व्यवस्था समितिले निर्णय गरी सात वर्ष प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्ने बताए । रावलले यो राजनीतिक अनैतिकता पनि भएको बताए । 

विशाल जनसंख्या भएका दुई वटा देशको बीचमा संवेदनशील भूराजनीतिक अवस्थिति रहेको भन्दै उनले जनसंख्याको राजनीतिमा पारेर नेपाललाई दीर्घकालीन संकटमा पार्ने ठूलो भूमरी सिर्जना गरिएको बताए । रावलले भने, ‘सत्ताका लागि यस्तो गर्नु भनेको आफ्नो अन्तरआत्मालाई सोझै यो अन्याय हो कि कर्तव्यपरायण वा यो नेपालको संविधानको पालना हो कि बेइमानी हो ?’

Advertisement

Advertisement