एफवान सफ्ट ग्रुपको सीओओमा सोहम ढकाल नियुक्त

Advertisement

काठमाडौं। एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा सोहम ढकाल नियुक्त भएका छन्। एफवान ग्रुपको सञ्चालक समितिको बैठकले सोमबार उनलाई ग्रुप सीओओमा नियुक्त गरेको हो।  उनीसँग २४ वर्षभन्दा बढी समयदेखि सफल उद्यमीका रुपमा अनुभव छ।

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए। नेपाल फर्केपछि आफ्नै सूचना प्रविधिसम्बन्धि व्यवसाय थालेका उनले थुप्रै संघसंस्थाहरुका लागि सफ्टवेयर विकास गरेका छन्। ढकालसँग यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत काम गरेको अनुभव छ। उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन्।

Advertisement

एफवान सफ्टमा आवद्ध भएसँगै ढकालले कम्पनीलाई थप उचाइमा पुर्‍याउने विश्वास ग्रुपको छ। सफ्टवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट नेपालका ठूला आईटी कम्पनीमध्ये पर्छ। सन् २००४ बाट सञ्चालनमा आएको यस कम्पनीले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विभिन्न मुलुकहरुका संस्थालाई समेत बिक्री गर्दै आएको छ। एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो।

Advertisement

Advertisement