विराटनगरका मेयरको सम्पत्तिः साढे ४ विघा जग्गा, टोयोटा प्राडो, ८० तोला सुन आदि

Advertisement

काठमाडौं । विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका नेता नागेश कोइरालाको सम्पत्ति करोडौं रुपियाँमा रहेको देखिएको छ । कोइरालाले बुझाएको सम्पत्ति विवरणमा उनको दर्शौं करोड रुपियाँको सम्पत्ति देखिएको हो । 

पैत्रिक सम्पत्ति भन्दै कोइरालाले विवरणमा दर्शौं करोड मूल्यको साढे चार बिघा जमिन र तीन करोड ३० लाख रुपियाँ पर्ने टोयोटा प्राडो गाडी, झण्डै करोड रुपियाँं मूल्यको ८० तोला सुन, १० लाख रुपियाँ नगद देखाए पनि आफ्नो घर र व्यवसाय भने देखाएका छैनन् । 
 
उनको उल्लेख गरिएभन्दा धेरै सम्पत्ति रहेको अनुमान कांग्रेसकै नेता कार्यकर्ताको छ । तर कोइरालाले पैत्रिक सम्पत्ति मात्रै भनेर आंशिकरुपमा देखाउनु अर्थपूर्ण देखिन्छ । नेपाल तरुण देल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय रहेका नागेश कोइरालाले अस्पताल सञ्चालन गर्नुका साथै शेयर अन्य क्षेत्रमा पनि ठूलो लगानी गरेको हुनसक्ने अनुमान छ । तर त्यो सम्पत्ति उनकै नाममा छ वा परिवारको नाममा छ ? स्पष्ट हुन सकेको छैन् । लामो समय विदेश बसेर आएका उनी कांग्रेसको कोइराला परिवारसँग नाता सम्वन्ध र विराटनगरको राजनीतिमा सक्रिय रहेकाले सजिलै मेयरको टिकट पाउन र चुनाव जित्न सकेका हुन् । 

Advertisement

Advertisement

Advertisement